१२ बजे १२ समाचार: ओलीविनाको एमालेबारे विद्या भण्डारीको सङ्केत, भिजिट भिसामा अझै ‘सेटिङ’
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ लिएर उपस्थित भएका छौँ–
१. ओलीविनाको एमालेबारे विद्या भण्डारीको सङ्केत
‘पार्टी भनेको एउटा दर्शन, विचार, नीति सिद्धान्त र कार्यक्रमले चलेको हुन्छ । त्यसलाई राम्रोसँग संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ,’ राजनीति शास्त्रका विद्यार्थी र राजनीति गर्नेहरूका लागि यो भनाई सामान्य नै मानिन्छ ।
यही भनाई एमाले पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार एक कार्यक्रममा स्मरण गराइन् र समग्र एमालेजनलाई सुनाइन् ।
नेकपा एमालेले अङ्गालेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता मानिने तत्कालीन एमाले महासचिव मदन भण्डारीकी पत्नी समेत रहेकी विद्याले थप भनिन्, ‘कहिलेकाहीँ व्यक्तिहरूको अभाव हुनसक्छ । तर, पनि हामीसँग थुप्रै योग्य व्यक्तित्वहरू हुनुहुन्छ भन्ने आशा राखेर नै अगाडि बढ्नुपर्छ ।’
२. मीनाको ह्याट्रिकमा नेपालको फराकिलो जित
मीना देउवाको ह्याट्रिकमा नेपालले साफ महिला यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सहज जित निकालेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो।
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।
४. भिजिट भिसा प्रकरण
भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र ३ जना बिचौलियामाथि विस्तृत अनुसन्धान गर्दैछ ।
भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला भिजिट भिसा प्रकरणमा अनुसन्धानको दायरामा छन् ।
५.कोशी प्रदेश
कोशी प्रदेश प्रदेश सभाले बनाएको ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८०’ को एउटा दफाको दुई वटा उपदफा नै खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २५ गते उक्त ऐनका दुई उपदफा बदर गर्ने फैसला गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उनले बताए । घुसकाण्डमा मुछिएर मन्त्री पद गुमाएका उनको राजनीतिक जीवनमै धक्का लागेको छ ।
७. न्यौपानेको भाग्य चम्कियो
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी तोकेका हुन् । गुप्ताको राजीनामा सँगै उनको भाग्य चम्किएको हो ।
संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह तथा प्रतिशोधका आधारमा थुनामा राखेको भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।
विभिन्न सहकारीका बचत रकम अपचलन गरेको आरोपमा लामिछाने अहिले भैरहवा कारागारमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा परेको छ । लामिछानेविरुद्ध काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा परेको हो ।
९. कर्मचारी सरुवा
गृहमन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ । मंगलबार मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको हो भने एक सहसचिवको पदस्थापन गरेको हो । यस्तै गृहले मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई प्रवक्ताबाट हटाएको छ ।
१०. अवैध कारोबार
अवैधरुपमा किशोरीहरूबाट डिम्ब सङ्कलन गरेर बच्चा जन्माउने प्रयोजनका लागि निःसन्तान दम्पतीलाई बेचबिखन गरेको आरोपमा काठमाडौँका दुई वटा क्लिनिकमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
११. अध्ययन समितिको सुझाव
सोमबार नेपाल राष्ट्र बैंकले गठन गरेको सुझाव समितिले सोमबार गभर्नर डा विश्वनाथ पौडेललाई प्रतिवेदन बुझायो । रेवतबहादुर कार्की संयोजक र पूर्व बैंकर भुवन दाहाल तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य रहेको सुझाव समितिले करिब एक महिना लामो अध्ययनपछि उक्त प्रतिवेदन बुझाएको हो ।
१३७ पृष्ठ लामो उक्त प्रतिवेदनमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमन गर्न अवलम्बन गर्दै आएको विधिमा व्यापक परिमार्जन गर्न सुझाइएको समितिका एक अधिकारीले जानकारी दिए ।
१२. रातोपाटी सर्वेक्षेण
नेपालको ‘जेन–जी’ पुस्तामा १५ प्रतिशतभन्दा बढीले आफूलाई राजनीतिमा रुचि रहेको बताएका छन् ।
रातोपाटीले केही अघि गरेको मत सर्वेक्षणमा जेन–जी पुस्ताका एक हजार १९ जनालाई प्रश्न सोधिएको थियो– राजनीतिप्रति तपाईंको रुचि कति छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण