बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘चन्द्रलाई कसले मार्‍यो ?’: चिच्याउँदै बोलेको मौन आवाज (तस्बिरहरू)

बुधबार, ३२ असार २०८२, ०२ : ४८
बुधबार, ३२ असार २०८२

सारांश

  • नाटक 'चन्द्रलाई कसले मार्‍यो?' ले समाज, कानुन, परिवार र मानसिक स्वास्थ्यका गहिरा प्रश्नहरू उठाउँछ।
  • नाटकले १९९७ मा चन्द्र सिंहको रहस्यमय मृत्युको कथा प्रस्तुत गर्दछ, जसले राज्य, समाज र परिवारको मौनतालाई उजागर गर्छ।
  • बहिरा समुदायको सहभागितामा बनेको नाटकले उनीहरूको आवाजलाई प्रतिनिधित्व गर्दै 'हाम्राबारे हामीबिनाको निर्णय होइन' भन्ने सन्देश दिन्छ।

काठमाडौँ– म त दर्शक थिएँ, पहिलो सिटमा बसेर नाटक हेर्दै थिएँ, तर म त्यहाँ बसिरहेको एउटा साधारण दर्शक थिएन रहेछु । म भित्रैबाट कामिरहेकी थिएँ, आँखा रसाइरहेका थिए, मन भक्कानिएको थियो। कारण थियो– ‘चन्द्रलाई कसले मार्‍यो ?’

मण्डला थिएटरमा मञ्चन भइरहेको यो नाटकले केवल एक पात्रको मृत्युको कथा मात्र होइन, समाजले हेर्ने दृष्टिकोण, कानुनी बेवास्ता, पारिवारिक अपेक्षा, आत्मप्रतिविम्ब, मानसिक स्वास्थ्य र समलिङ्गी सम्बन्धजस्ता गहिरा प्रश्नहरू उठाउँछ। 

Mandala natak chandra lai kasle maryo (2)

‘नथिङ अवाउट अस, उइथआउट अस’ भन्ने मूल सन्देश बोकेको यो नाटक, बहिरा समुदायको आवाज होइन, उनीहरूकै स्वर हो ।  

चन्द्रको मृत्यु: एक नदेखिएको आत्महत्या

सन् १९९७ मा भएको चन्द्र सिंहको रहस्यमय मृत्युलाई नाटकको केन्द्र बनाइएको छ । त्यो मृत्यु केवल चन्द्रको थिएन–त्यो एक मौन मृत्यु थियो, जुन राज्य, समाज, परिवार, आफन्त सबैको चुप्पीले निम्त्याएको थियो ।

नाटकमा देखाइएका तीन भिन्न सपना–तीन दृश्य, तर एउटै पात्रहरूले खेलिएका(हाम्रा अवचेतनहरू र अतीतसँगको द्वन्द्वलाई देखाउँछ। हामी कसरी निरन्तर अघिल्लो चोटमा बाँधिरहन्छौ र त्यो बिर्सन नसक्ने पिडा हामीलाई कतै अर्कै दिशातिर लैजान्छ ।

थ्रीलरको शैलीमा मानसिक अवस्थाको चित्रण

नाटकले थ्रीलरको प्रभावमा मनोवैज्ञानिक अवस्थाहरू देखाउँछ । सुसाइडले पन्छिन खोजिएको पिडा, बेवास्ता, आत्मग्लानि, डर, रिस, लाज र शङ्काहरू सबै पात्रमा देखिन्छन् । परिवारको अपेक्षा र आफैँप्रतिको असन्तुष्टि मिलेर एउटा गहिरो मानसिक उथलपुथल जन्माउँछ । यस्तो संवेदनशील विषयमा एलजीबीटीक्यूं सम्बन्ध, आत्महत्या, डिप्रेसन, ट्रमा, अनचाहिँएको प्रेम, धोका, र समाजका लिङ्गीय नियमहरू यति सजीव ढङ्गले उठाइएका छन् कि दर्शकले कतै न कतै आफूलाई त्यहाँ भेट्छ ।

Mandala natak chandra lai kasle maryo (3)

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको ‘स्वर’

नाटकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक कलाकारहरूको सक्रिय सहभागिता छ । संवाद मात्र बोलिने भाषा होइन, यहाँ सङ्केत भाषा, शरीरको हाउभाउ, सङ्गीत र प्रकाश संयोजन सबै बोल्छन् । 

नाटक हेरेपछि बुझिन्छ–वास्तविक समावेशिता भनेको केवल उनीहरूलाई दर्शक बनाउनु होइन, कलाकार बनाउनु हो। ‘हाम्राबारे हामीबिनाको निर्णय होइन’ भन्ने अन्तर्राष्ट्रिय नारालाई नाटकले गहिराइमा पुर्‍याएको छ।

Mandala natak chandra lai kasle maryo (4)

प्रेम र पीडा: एउटै सिक्काका दुई पाटो

प्रेमले आशा दिन्छ, तर कहिलेकाहीँ घात पनि गर्छ। पात्रहरू बिचको सम्बन्धमा देखिएको चाहना र धोकाले दर्शकलाई भावनात्मक रूपमा हल्लाउँछ। नाटकभित्रको भयानक सङ्गीत संयोजन, आँसु झार्ने दृश्यहरू र तीव्र संवादहरू दर्शकलाई रोइरहन बाध्य पार्छन्। मलाई व्यक्तिगत रूपमा नाटकले यति छोयो कि आँखा रसाए, मन सुन्नियो।

निष्कर्ष: मौनता बोल्न थाल्दा

‘चन्द्रलाई कसले मार्‍यो?’ भन्ने प्रश्न एउटा पात्रसँग मात्र होइन, हामी सबैसँग गरिएको प्रश्न हो। यदि हामी समाजका नियम, कानुनी अन्याय, लिङ्गीय भेदभाव र मौन पीडाहरूप्रति चुप छौँ भने हामी पनि चन्द्रको मृत्युमा सहभागी हौँ। यो नाटक नहेरेर बस्नु, एउटा महत्त्वपूर्ण सामाजिक बहसबाट टाढा बस्नु हो । यदि तपाईँले कहिल्यै सोध्नुभएको छैन भने ‘किन मानिसहरू चुप लाग्छन् ?’ यो नाटक त्यो उत्तर हो। –नेपाल फोटो लाइब्रेरी

तस्बिरहरू: ममुन केसी/नेपाल फोटो लाइब्रेरी

Mandala natak chandra lai kasle maryo (5)Mandala natak chandra lai kasle maryo (6)Mandala natak chandra lai kasle maryo (7)Mandala natak chandra lai kasle maryo (8)Mandala natak chandra lai kasle maryo (9)Mandala natak chandra lai kasle maryo (10)Mandala natak chandra lai kasle maryo (11)Mandala natak chandra lai kasle maryo (12)Mandala natak chandra lai kasle maryo (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप