१५५ ग्राम एम्फेटामाइनसहित ४ जना पक्राउ
बुधबार, ३२ असार २०८२, १२ : ४०
सारांश
- लागुऔषध नियन्त्रण व्यूरोले काठमाडौँबाट एम्फेटामाइनसहित ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नुवाकोट र बाराका व्यक्तिहरू छन्, जसबाट १५५ ग्राम एम्फेटामाइन बरामद भयो।
- प्रहरीका अनुसार, उनीहरूले भारतको नयाँ दिल्लीबाट एम्फेटामाइन ल्याएका थिए।
काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोले एम्फेटामाइन सहित ४ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दीपेन्द्र तामाङ, २७ वर्षीय उमेश भोलोन र बारा घर भएका २९ वर्षीय उग्रेन लामा छन् ।
आरोपीहरूको साथबाट १५५ ग्राम एम्फेटामाइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी जनक बहादुर शाहीले रातोपाटीलाई बताए ।
जेठ ३० मा तीनजना ठमेलबाट पक्राउ परेका हुन् । उग्रेन लामालाई नारायणस्थान स्थित रिसोर्टबाट पक्राउ गरिएको शाहीले जानकारी दिए । आरोपीहरूले सो एम्फेटामाइन भारतको नयाँ दिल्लीबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
-
वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु
-
धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण