साढे ९ सय मेनपावर कम्पनीले ३ लाख ६० हजार श्रमिक विदेश पठाए
सारांश
- आर्थिक वर्ष २०८१/०८२ मा करिब ३ लाख ६० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्।
- वैदेशिक रोजगार विभागका अनुसार, ९५९ वटा मेनपावर कम्पनीमार्फत ३ लाख २५ हजारभन्दा बढी पुरुष र ३४ हजारभन्दा बढी महिला विदेश गएका हुन्।
- नीलकमल ह्युमन रिसोर्सले सबैभन्दा धेरै ८ हजार ६७३ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ।
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा देशभरका मेनपावर कम्पनीहरुले कुल ३ लाख ५९ हजार ६९६ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय ५९ कम्पनीबाट ३ लाख २५ हजार १९९ जना पुरुष र ३४ हजार ४९७ महिला विदेश गएका हुन् ।
मेनपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने महिलाको हिस्सा १० प्रतिशतभन्दा पनि कम रहेको छ ।
वैदेशिक रोजगारीमा धेरै पठाउनेमा नीलकमल ह्युमन रिसोर्स प्रा.लि. शीर्ष स्थानमा देखिएको छ । नीलकमल ह्युमन रिसोर्सले ८ हजार ६७३ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।
यस्तै दोस्रोमा प्याराडाइज इन्टरनेशनलले ८ हजार ६०८ जना, तेस्रो स्थानमा रहेको एसओएस म्यानपावरले पनि ७ हजार ८५४ जना पठाएको छ ।
चौथो स्थानदेखि भने संख्यामा ठूलो गिरावट देखिन्छ । लिंक इन्टरनेशनलले करिब ५ हजार कामदार पठाउँदा त्यसपछिका कम्पनीहरूले ३ देखि ४ हजारको बीचमा कामदार पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण