समीक्षा र एलिनासँग मिलेर ‘नाइँ भनेसि नाइँ’ ल्याउँदै प्रकाश सपुत
शनिबार, ०३ साउन २०८२, १५ : ०३
सारांश
- गायक प्रकाश सपुतले तीजको अवसरमा नयाँ गीत ल्याउने घोषणा गरेका छन्।
- गीतको शीर्षक 'नाइँ भनेसि नाइँ' रहेको छ जसमा समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहनेछ।
- सपुतले सामाजिक सञ्जालमार्फत गीतको पोस्टर सार्वजनिक गर्दै जानकारी दिएका हुन्।
काठमाडौँ । गायक प्रकाश सपुतले तीजको अवसरमा नयाँ गीत ल्याउन लागेको उद्घोष गरेका छन् । गीतको शीर्षक ‘नाइँ भनेसि नाइँ’ रहेको छ । सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका गायक सपुतले गीतमा समीक्षा अधिकारी र एलिना चौहानको पनि स्वर रहने गीतको पोस्टरमार्फत जानकारी दिएका छन् ।
उनले लेखका छन्- ‘प्रिय प्रकाश, गीत सङ्गीत नै तिम्रो जरा हो र यस मार्फत कथा भन्नु तिम्रो विशेषता ! हाँगा फैलिनु राम्रो हो तर जरासँग जोडिनुपर्छ र विशेषतालाई छोड्नुहुन्न है ।’
उनी थप लेख्छन्, ‘धेरै शुभेच्छुकहरूको यो सुझाव लाई मनन गर्दै यसपालि तिजमा ‘नाइँ भनेसि नाइँ मार्फत एउटा आवाज लिएर आउँदै छौँ । आवाज मा आवाज मिसाउन तयार हुनुहोस् है त ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण