भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमले उडाइदिने धम्की
सारांश
- भारतको बेङ्गलुरुका ४० विद्यालयमा बम राखिएको धम्की आएपछि सुरक्षा सतर्कता बढाइयो।
- प्रहरीले विद्यालयमा खोजतलास गरे पनि कुनै विस्फोटक पदार्थ फेला पारेन, तर त्रास फैलियो।
- यसअघि दिल्ली र अमृतसरमा पनि यस्तै धम्की आएका थिए, जसले अस्थिरता फैलाउने आशंका जन्माएको छ।
नयाँ दिल्ली । भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् ।
धम्की दिने इमेलमा कक्षाकोठाहरूमा कालो प्लास्टिक झोलाभित्र विस्फोटक पदार्थ राखिएको भनिएको थियो । उक्त खबर लगत्तै प्रहरी, बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरसहितको टोली विद्यालयहरूमा पुगेर व्यापक खोजतलास गरे पनि कुनै विस्फोटक सामग्री फेला परेको छैन ।
यो घटनाले विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकमाझ ठूलो चिन्ता र त्रास फैलाएको थियो । हालै राजधानी दिल्ली र पंजाबको अमृतसरस्थित गोल्डेन टेम्पलमा पनि यस्तै प्रकृतिका धम्कीहरू प्राप्त भएका थिए, जसले गर्दा यस्ता घटनाहरूबीच सामाजिक अस्थिरता फैलाउने नियत हुन सक्ने आशंका गरिएको छ ।
गत वर्ष पनि यस्ता नक्कली बम धम्कीहरूले विद्यालय, अस्पताल, होटल र विमानस्थलजस्ता सार्वजनिक स्थानहरूमा त्रासदीपूर्ण स्थिति सिर्जना गरेका थिए । प्रहरीले घटनाको डिजिटल फरेन्सिक अनुसन्धान सुरु गरिसकेको छ र दोषीलाई कडा कारबाही गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण