बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुवेत पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

शनिबार, ०३ साउन २०८२, १८ : ३४
शनिबार, ०३ साउन २०८२

काठमाडौँ ।  कुवेत पठाइदिने भन्दै एक व्यक्तिसँग रकम ठगी गरेका सन्तोष सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महालक्ष्मी नगरपालिका–७ मा बसोबास गर्दै आएका सुनुवार झापा शिवसताक्षी नगरपालिका–८ घर भएका हुन्।

उनले एक पीडितलाई वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने प्रलोभन देखाएर १ लाख ५३ हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सुनुवारलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप