दक्षिण कोरियामा बाढी र पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु
आइतबार, ०४ साउन २०८२, १६ : ०९
सारांश
- दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परि हालसम्म १४ जनाको मृत्यु भएको छ।
- अझै १२ जना बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ, भने उद्धार कार्य जारी छ।
- पहिरो प्रभावित गाप्योङ सहरका मानिसहरू हिलो हुँदै हिँडिरहेको र क्षतिग्रस्त पुल पार गरिरहेको भिडियो सार्वजनिक भएको छ।
सोल । दक्षिण कोरियामा केही दिनयता परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयले यो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
१२ जना अझै बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ । उद्धार कार्य जारी छ ।
आइतबार एउटा भिडियो फुटेजमा पहिरो प्रभावित गाप्योङ सहरका मानिसहरू दलदल जस्तो हिलो हुँदै हिँडिरहेको र राहत शिविरमा जान क्षतिग्रस्त पुल पार गरिरहेको देखिएको थियो ।
शनिबार देखिएको अर्को भिडियो फुटेजमा दक्षिणको चुङचियोन क्षेत्रमा पहिरो गएपछि एउटा पूरै गाउँ हिलो र भग्नावशेषमा पुरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण