फुटसल खेलेपछि अचेत भएका युवकको मृत्यु
आइतबार, ०४ साउन २०८२, १६ : ५३
सारांश
- काठमाडौँको जडीबुटीमा फुटसल खेल्दा एक युवकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा दोलखाका २३ वर्षीय खिमराज वली रहेका छन्।
- फुटसल खेलेर आराम गर्ने क्रममा उनी अचेत भएपछि अस्पतालमा निधन भएको हो।
काठमाडौँ । काठमाडौँको जडीबुटीमा फुटसल खेलेर थाकेपछि रेस्ट गर्दा अचेत भएका एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका वडा नम्बर–४ घर भएर काँडाघारी बस्ने २३ वर्षीय खिमराज वली छन् ।
शनिबार जडीबुटीस्थित नेपाल फर्निचर नजिकै नवीन खड्काले सञ्चालन गरेको फुटसलमा गेम खेलेर आराम गर्ने क्रममा उनी अचेत भएका थिए ।
उपचारको क्रममा उनको सिभिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । अचानक बेहोस भएपछि उनका भाइ प्रदीप वलीले खिमराजलाई अस्पताल लगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण