मोरङमा एक वर्षमा ९८ जनाले त्यागे नेपाली नागरिकता
सारांश
- मोरङ जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २७ हजारभन्दा बढी नागरिकता प्रमाणपत्र जारी गरेको छ।
- कार्यालयले ७८ हजार ६ सय ८८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको छ, र ३१ हजार १ सय ६१ वटा राहदानी वितरण गरेको छ।
- प्रशासनले विपद् पीडितलाई २४ लाख ३९ हजार रकम बराबरको सहायता वितरण गरेको छ र विभिन्न मुद्दाहरू फछ्र्यौट गरेको छ।
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०८१/८२ मा २७ हजारभन्दा बढी नागरिकता प्रमाणपत्र जारी गरेको छ । कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार एक वर्षको अवधिमा वंशजको आधारमा नागरिकता लिनेको सङ्ख्या २७ हजार १ सय २१ जना रहेको छ ।
त्यस्तै, १ हजार १२३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् भने २६ हजार ४ सय २६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । सोही अवधिमा ९८ जनाले नेपाली नागरिकता परित्याग गरेको प्रतिवेदनमा उल्लेख छ । ८ जनाको नागरिकता भने रद्द गरिएको छ ।
नागरिकतासँगै सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय परिचयपत्र दर्ता अभियानले पनि मोरङमा तीव्रता पाएको छ । प्रतिवेदन अनुसार ७८ हजार ६ सय ८८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ । २६ हजार ९ सय २५ जनालाई राष्ट्रिय परिचयपत्र विवरण नै गरिएको छ ।
कार्यालयले राहदानी सेवालाई पनि प्रभावकारी रूपमा सञ्चालन गरेको छ । एक वर्षको अवधिमा ३१ हजार १ सय ६१ वटा राहदानी वितरण गरिएको छ । प्रतिवेदनले नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी जस्ता प्रमुख सेवाहरूका अलावा कार्यालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, बजार अनुगमन, विपद् व्यवस्थापन, र अन्य प्रशासनिक कार्यहरू सफलतापूर्वक सम्पादन गरेको उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले विपद् पीडितलाई २४ लाख ३९ हजार रकम बराबरको सहायता वितरण गरेको छ । यस्तै कार्यालयमा दर्ता भएका ४७७ वटा मुद्दामध्ये ३६० वटा फछ्र्याैट भएको छ । गत वर्ष आएका ४३५ वटा निवेदनमध्ये ३२७ वटा निवेदन फछ्र्याैट भएको छ ।
यस अवधिमा जिल्ला प्रशासन कार्यालयमा हातहतियारबाट ९ लाख ४३ हजार ७५०, राहदानी दस्तुरबाट ११ करोड १२ लाख ६३ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख ४९ हजार, प्रशासनिक दण्ड, जरिमाना र जफतबाट ११ लाख ७३ हजार आम्दानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण