मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अन्तरकलेज व्यापार महोत्सव बिजबज २०२५ सम्पन्न

मङ्गलबार, ०६ साउन २०८२, ०९ : १३
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • काठफोर्ड कलेजले बिजबज २०२५ नामक अन्तरकलेज व्यावसायिक महोत्सव आयोजना गर्‍यो, जसमा ५००० भन्दा बढी सहभागी थिए।
  • प्राइम कलेज समग्र विजेता बन्यो, शंकरदेव क्याम्पस पहिलो रनर-अप र नेपाल कमर्स क्याम्पस दोस्रो रनर-अप बने।
  • महोत्सवमा नवप्रवर्तन, नेतृत्व र उद्यमशीलता प्रदर्शन गरियो, जसमा विभिन्न प्रतिस्पर्धा र उत्कृष्ट प्रस्तुतिहरू थिए।

काठमाडौँ । काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले आफ्नो प्रतिष्ठित अन्तरकलेज व्यावसायिक महोत्सव बिजबज २०२५ मापन गरेको छ। 

WhatsApp Image 2025-07-22 at 09.21.54_3abda08e

नवप्रवर्तन, नेतृत्व र उद्यमशीलताको उत्कृष्ट प्रदर्शनको रूपमा स्थापित यस महोत्सवमा ५००० भन्दा बढी सहभागी, ८ प्रतिस्पर्धी कलेजहरू, र १० विविध उप-प्रतिस्पर्धा समावेश थिए।

WhatsApp Image 2025-07-22 at 09.15.12_2aeca512

कार्यक्रममा नेपालका उज्वल युवा प्रतिभाहरू, प्रतिष्ठित शिक्षकहरू, उद्योग क्षेत्रका अग्रजहरू र रचनात्मक पेशेवरहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। सहभागीहरूले पिच ट्याङ्क, बोर्डरुम ब्याटल्स, सर्भाइभल रन, रनवे रिभोल्युशन, प्राफिट पाईरेट्स, थिङ्क एण्ड टक लगायतका प्रतिस्पर्धाहरूमा सिर्जनात्मकता, रणनीति र सहकार्यको अद्वितीय उदाहरण प्रस्तुत गरे।

WhatsApp Image 2025-07-22 at 09.15.12_89da28c1

प्रतिस्पर्धात्मक मूल्याङ्कनका आधारमा प्राइम कलेज समग्र विजेता (ओभरअल च्याम्पियन) बन्न सफल भयो, जसले विभिन्न प्रतिस्पर्धामा सशक्त उपस्थिति देखायो। शंकरदेव क्याम्पस ले उत्कृष्ट विश्लेषणात्मक क्षमता र टीमवर्क प्रस्तुत गर्दै पहिलो रनर-अप को उपाधि हात पारे, भने नेपाल कमर्स क्याम्पस (एनसीसी) ले दोश्रो रनर-अप साथै दुई विशेष सम्मान समेत जित्यो - म्यानेजर साहब अवार्ड (स्मारिका अधिकारी) उत्कृष्ट नेतृत्वका लागि तथा बेस्ट सोसल मिडिया एङ्गेजमेन्ट अवार्ड प्रभावशाली अनलाइन सहभागिताका लागि।

WhatsApp Image 2025-07-22 at 09.21.54_20e015da

कार्यक्रमको समापनमा काठफोर्डका प्रिन्सिपल डा. राजेन्द्र कुमार पोखरेल ले भने, ‘बिजबज२०२५ मात्र प्रतियोगिता थिएन । यो विचार, टोलीकार्य र भविष्य नेतृत्वको उत्सव थियो। हामी सहभागी, स्वयंसेवक र प्रायोजकहरूप्रति अत्यन्त गर्व गर्छौं, जसले यो कार्यक्रमलाई सफल बनाएका छन्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप