२५ वर्षपछि म्युजिक भिडियोमा देखिँदै रेखा
सारांश
- अभिनेत्री रेखा थापा गायक आनन्द कार्कीको गीतमा २५ वर्षपछि फर्कदै छिन्।
- प्रकाश सपुतको 'नाइँ भनेसि नाइँ' बोलको भिडियोमा रेखाले अभिनय गरेकी छिन्, जुन तीजको लागि तयार पारिएको हो।
- 'नाइँ भनेसि नाइँ' गीतले महिलाको आत्मसम्मानको विषय उठाएको र यसै कारण आफू अभिनय गर्न तयार भएको रेखाले बताइन्।
काठमाडौँ । अभिनयको २५ वर्ष लामो करियरमा गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहूँ’ गीतको एकमात्र म्युजिक भिडियो अभिनय गरेकी अभिनेत्री रेखा थापा फेरि भिडियोमा देखिने भएकी छन् । उनी प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको ‘नाइँ भनेसि नाइँ’ बोलको भिडियोमा देखिन लागेकी हुन् ।
नेपालको पहिलो महिला सुपरस्टारको रूपमा परिचित उनले ‘नाइँ भनेसि नाइँ’को भिडियो अभिनय समेत गरिसकेकी छन् । जुन केही दिनमा सार्वजनिक हुँदैन । सपुतले तीजलाई लक्षित गरेर निकालेको यस गीतको विषयवस्तुका कारण आफू म्युजिक भिडियोमा देखिन तयार भएकी भएको रेखाले बताइन् ।
‘नाइँ भनेसि नाइँ’ बोलको गीतले एउटी बालिका, युवती, महिला र समस्त आमाहरूको आत्मसम्मानको विषय उठाएकोले म यो गीत गर्न तयार भएकी हुँ’, रेखाले भनिन्, ‘विगतमा पनि म समस्त छोरीहरूको सवालमा, उनीहरूको पक्षमा सधैँ नै उभिँदै आएकी छु ।’
गायक हुँदै फिल्मका निर्माता, लेखक तथा निर्देशकसमेत बनिसकेका प्रकाश सपुतले गत वर्ष ‘वसन्त’ फिल्मका कारण तीजको छेकोमा गीत निकाल्न नसकेको बताउँदै, यो गीतको कन्सेप्ट तयार हुँदा नै रेखा थापालाई सोचेर बनाइएको बताए ।
प्रकाशले यो ‘नाइँ भनेसि नाइँ’ गीतका लागि ५–७ वटा मेलेडी बनाएको जानकारी दिए । गीतमा गायिका एलिना चौहान तथा समीक्षा अधिकारीले स्वरले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण