मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
समाचार

सङ्घीय निजामती विधेयक विधायन व्यवस्थापन समितिमा पठाइने

मङ्गलबार, ०६ साउन २०८२, १३ : २३
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • संघीय निजामती सेवा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइने भएको छ।
  • विधेयकको 'कुलिङ अफ पिरियड' मा भएको विवादपछि, यो विषय राष्ट्रियसभामा छलफलका लागि पेश गरिएको हो।
  • एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन्।

काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने भएको छ ।

विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीपछि पेचिलो बनेको विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव मंगलबारको राष्ट्रियसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्तुत गर्दैछिन् । बैठक मंगलबारको सवा एक बजे बोलाइएको छ । 

प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको विधेयकमा ‘कुलिङ अफ पिरियड’बारे गडबडी भएको पाइएपछि संसदीय विशेष छानबिन समिति गठन भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षे कुलिङ पिरियड राख्ने सहमति बनेको थियो । तर, त्यो सहमतिको बुँदालाई काट्ने गरी अर्को उपदफा राखियो । त्यो उपदफा प्रतिनिधिसभाले पनि पारित गरेपछि विवाद भइरहेको छ । 

यो विषय राष्ट्रियसभाबाट सच्याउने दलहरूबिच सहमति छ । तर, एमालेका सांसदहरूले कुलिङ पिरियड नै हटाउनुपर्ने प्रस्ताव राष्ट्रियसभामा दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप