साउन महिनामा आधाले घट्यो मासुको व्यापार
सारांश
- साउन महिनामा मासुको व्यापार आधाले घटेको व्यापारीहरूको गुनासो छ।
- उपभोक्ताहरूले साउन महिनामा व्रत बस्ने र माछा मासु नखाने भएकाले कारोबार घटेको हो।
- काठमाडौंमा मापदण्ड विपरीत माछा मासु व्यवसाय सञ्चालन गर्नेहरूको अनुगमन भइरहेको छ।
काठमाडौँ । साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछा मासुको व्यापारमा आधाले कमी आएको छ ।
‘अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ’, उनले भने, ‘सोमबार त झन् अत्यन्तै कम सङ्ख्यामा बिक्री हुने गरेको छ ।’
महर्जनले विगत २० वर्षदेखि खसी र कुखुरा मासुको व्यापार गर्दै आएका छन् । गतका वर्षमा पनि साउन महिना लागेपछि माछा मासुको व्यापार कमी हुने गरेको थियो । यस वर्ष भने अझै व्यापारमा कमी आएको उनले अनुभव सुनाए ।
साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ । यस महिनामा व्रत बस्ने र माछा मासु नखाने सर्वसाधारण बढेपछि कारोबार घटेको हो । अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ । उनी भन्छन्, ‘अहिले पसल सुनसान छ ।’
कलङ्कीको अर्का मासु व्यापारी देव रानाले पनि साउन महिनाले सामुको व्यापारमा गिरावट आएको गुनासो गरे । असार महिनासम्म दैनिक ३० किलोसम्म सामु बेच्ने गरेका रानाले अहिले १५ किलो बिक्री हुन पनि मुस्किल रहेको सुनाए ।
हाल राजधानीका करिब तीन हजारको सङ्ख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको सङ्ख्यामा साना ठुला पशु वधस्थल छन् । साना ठुला गरी राँगा भैँसीका करिब २५० वधस्थल छन् ।
पछिल्लो समय कामपामा मापदण्ड बमोजिम दर्ता नगरी माछा मासु व्यवसाय सञ्चालन गर्नेहरूको हाबी रहेको कामपाको वरिष्ठ पशु चिकित्सक डा.अवधेश झाले जानकारी दिए । यसलाई थप व्यवस्थापन गर्नका लागि कामपाले नियमित रूपमा अनुगमन गरिरहेको उनको भनाइ छ । माछा मासु व्यवसाय गर्नेहरू धेरैलाई यो व्यवसाय कसी गर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको झाको भनाइ छ ।
‘बाह्रदेखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने जस्ता विषय सामान्य ज्ञान नहुनुको परिणाम हो,’ झाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण