मृतक श्रमिकको परिवारलाई पाँच लाख सहयोग
सारांश
- भवन तथा बाटो निर्माणकर्मी संघले मृतक टोपबहादुर विश्वकर्माको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।
- निर्माण क्षेत्रमा काम गर्दै आएका टोपबहादुरको ५२ वर्षको उमेरमा क्यान्सर रोगका कारण मृत्यु भएको थियो।
- संघले श्रमिकका लागि विभिन्न प्रकारका आर्थिक सहयोग गर्दै आएको छ र हालसम्म ८५ लाख ७३ हजार सहयोग गरेको छ।
पाल्पा । भवन तथा बाटो निर्माणकर्मी सङ्घले मृतक श्रमिकको परिवारलाई रु पाँच लाख सहयोग गरेको छ । सङ्घले लामो समय निर्माण क्षेत्रमा काम गर्दै आएका तानसेनका स्व. टोपबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहायता प्रदान गरेको हो ।
निर्माणकर्मी टोपबहादुरको गत चैत २२ गते ५२ वर्षको उमेरमा क्यान्सर रोगका कारण मृत्यु भएको थियो । स्वाभाविक मृत्युबापतको राहत रकम सङ्घका अध्यक्ष सुरेश कर्माचार्य, सचिव हुमराज बस्याल र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाका प्रबन्धक सन्तोष पौड्यालले संयुक्त रूपमा उनकी श्रीमती शोभा विकलाई हस्तान्तरण गरिन् ।
सङ्घका अध्यक्ष कर्माचार्यले दुःख र पीडामा रहेको परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए । । सङ्घले निर्माणकर्मी, श्रमिक, मजदुरहरूका लागि औषधि उपचार, दुर्घटना उपचार, सुत्केरी अनुदान, बिमा, पारिवारिक काजक्रिया, श्रमिक छात्रवृत्ति, अस्पताल भर्ना तथा खाना, एकल महिला भत्ता, प्राथमिक दुर्घटना उपचार, वृद्धा भत्ता, स्वाभाविक मृत्युलगायतमा सहायता प्रदान गर्दै आएको छ । उनका अनुसार सङ्घले हालसम्म यी क्षेत्रमा रु ८५ लाख ७३ हजार आर्थिक सहयोग गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण