एनएमबि बैंकले माथिल्लो सार्दी खोला आयोजनामा ४६ करोड लगानी गर्ने
काठमाडौँ । एनएमबि बैंक र मन्दाकिनी हाइड्रोपावर कम्पनी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।
मन्दाकिनीद्वारा प्रवर्द्धित कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित २.९ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न दुई पक्षबिच सोमबार समझदारी भएको हो । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ ।
उक्त आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहनेछ । त्यसमध्ये बैंकले ४६ करोड ३३ लाख २५ हजार लगानी गर्नेछ । सम्झौतामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मन्दाकिनीका प्रमुख कार्यकारी अधिकृत शरद कुमार दाहालले सम्झौतापत्र आदानप्रदान गरे ।
कार्यक्रममा सीईओ घिमिरेले आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका थिए । मन्दाकिनीले यसअघि ४ मेगावाट क्षमताको आयोजना विकास गरिसकेको छ । २०७४ साल मङ्सिर २३ गतेदेखि व्यावसायिक उत्पादन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण