डोल्पाको ठूली भेरी नदीले खतराको तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
मङ्गलबार, १३ साउन २०८२, ०८ : १८
सारांश
- लगातार वर्षापछि डोल्पाको ठूली भेरी नदीमा पानीको सतह खतराको तह पार गरेको छ।
- जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले बाढी र कटानको जोखिम बढेको छ।
डोल्पा । लगातारको वर्षासँगै डोल्पाको ठूली भेरी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ः०५ बजे ठूली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले बाढी र कटानको जोखिम बढेको हो।
नदीको तटीय क्षेत्र र आसपासका होचा भूभागमा रहनेहरूलाई आज दिनभर नै सुरक्षित तथा अग्लो स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण