जसपा नेपालले तोक्यो सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने पार्टी नेता
सारांश
- जसपा नेपालले संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने नेताहरूको टुङ्गो लगाएको छ।
- विभिन्न मिति र स्थानहरूमा हुने कार्यक्रमहरूमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र अन्य नेताहरू सहभागी हुनेछन्।
- बैठकले अल्पसंख्यक समुदायको अधिकारका लागि संगठन बनाउने निर्णय गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने पार्टी नेताहरूको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले मोर्चाको उद्देश्य, आवश्यकता र औचित्यबारे जानकारी गराउन विभिन्न आठ स्थानमा मोर्चाले गर्न लागेको कार्यक्रममा पार्टीको तर्फबाट सहभागी हुने नेताको टुङ्गो लगाएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
मोर्चाको साउन १८ गते काठमाडौँको कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् भने साउन २१ गते भैरहवाको कार्यक्रममा महासचिव रामकुमार शर्मा, साउन २३ गते नेपालगन्जको कार्यक्रममा महासचिव लालबाबु राउत र साउन २५ गतेको कैलालीको कार्यक्रममा उपाध्यक्ष विद्युत् बज्राचार्य सहभागी हुनेछन् ।
त्यसैगरी भदौ १६ गते विराटनगरको कार्यक्रममा सह–अध्यक्ष रकम चेम्जोङ, भदौ १८ गते राजविराजमा हुने कार्यक्रममा उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, भदौ २० गते जनकपुरमा हुने कार्यक्रममा उपाध्यक्ष राजकिशोर यादव र भदौ २२ गते वीरगन्जमा हुने कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।
बैठकले मुलुकभित्र रहेका जातीय/राष्ट्रिय भाषिक, धार्मिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको अधिकार प्राप्तिका लागि ‘अल्पसङ्ख्यक अधिकार सङ्गठन’ गठन गर्न पार्टीले आवश्यक कार्य गर्ने निर्णयसमेत गरेको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण