सकियो ‘शिवांश’को छायाङ्कन
सारांश
- अभिनेता तेज गिरी र अभिनेत्री विमला लिम्बुको फिल्म 'शिवांश ः च्यापटर १'को छायाङ्कन सकिएको छ।
- फिल्मको छायाङ्कन पोखराको पामेमा गीत 'उकुस मुकुस'को छायाङ्कनसँगै ३६औँ दिनमा सकिएको हो।
- सन्तोष आत्रेयको निर्देशन रहेको फिल्ममा प्रवीण खतिवडा, रुशा न्यौपाने, र विकास जोशीको मुख्य भूमिका छ।
काठमाडौँ । अभिनेता तेज गिरी र अभिनेत्री विमला लिम्बुको मुख्य भूमिका रहेको फिल्म ‘शिवांश ः च्यापटर १’को छायाङ्कन सकिएको छ । ३६ औँ दिनमा पोखराको पामेमा गीत ‘उकुस मुकुस’को छायाङ्कनसँगै फिल्म सकिएको हो । गीतको कोरियोग्राफी विक्रम चौहानले गरेका थिए ।
अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरबाट निर्माण भएको फिल्मका निर्माता अन्जन केसी हुन्, भने कथा पनि उनैले लेखेका हुन् ।फिल्मको सह निर्माता शोभा केसी र अनिशा केसी बोगटी रहेकी छन् ।
फिल्म सन्तोष आत्रेयले निर्देशन गरेका हुन् । उनको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्ममा तेज र विमला सहित प्रवीण खतिवडा, रुशा न्यौपाने, विकास जोशीको मुख्य भूमिका छ ।
न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व रहेको फिल्मको छायाङ्कन शरद महतोले गरेका हुन् । फिल्म असोज २४ मा प्रदर्शन लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण