बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ

बुधबार, १४ साउन २०८२, १२ : ५२
बुधबार, १४ साउन २०८२

सारांश

  • काठमाडौँ, रुपन्देही, बारा लगायतका जिल्लाबाट लागु औषधसहित ११ जना पक्राउ परेका छन्।
  • कलंकीबाट लागुऔषधसहित ३ जना, देवदहबाट ३ जना र सिम्रौनगढबाट एक जना पक्राउ परेका छन्।
  • सुनसरीको बराहक्षेत्र र इनरुवाबाट पनि लागुऔषधसहित केही व्यक्तिहरू पक्राउ परेका छन्।

काठमाडौँ । विभिन्न स्थानबाट लागू औषधसहित ११ जना पक्राउ परेका छन् । काठमाडौँ, रुपन्देही, बारा लगायतका जिल्लाबाट ११ जना पक्राउ परेका हुन् । 

काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय १० मिलिग्राम, गाँजाको धुलोजस्तो देखिने पदार्थ करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २१ हजार रूपैयाँ सहित ३ जनालाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ घर भएका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय

मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै रुपन्देहीको देबदह नगरपालिका–१० चरङेबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित ३ जनालाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देबदह नगरपालिका–१० भलुही बस्ने २४ वर्षीय सागर विक, ३१ वर्षीय हेमन्तसिंह पुन र भारत उत्तर प्रदेश सिद्धार्थनगर केरार्थ–१ बस्ने २५ वर्षीय प्रभुराम ओझा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बाराको सिम्रौनगढ नगरपालिका–६ बाट  ट्रामाडोल १० हजार ३ सय ८० ट्याब्लेटसहित भारत पूर्वी चम्पारण बिहार जितना ग्राम पञ्चायत अगर्वा–६ कोडीगावा टोल बस्ने ५० वर्षीय उपेन्द्र साहलाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले बीआर ०५ बि के ७०३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । 

उता सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पास्मो ५ सय ४० ट्याब्लेट सहित २ जनालाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय राजु शर्मा र उनकै श्रीमती ३२ वर्षीया रिता शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले राजुको गोठ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकै  इनरुवा नगरपालिका–४ बसचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका–६ बस्ने २४ वर्षीय कुमार राईलाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीकै इनरुवा नगरपालिका–४ बसचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका–१७ बस्ने २९ वर्षीय सोबित तामाङलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप