बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

घुसपैठ गर्न खोजिरहेका दुई आतङ्ककारी मारिए : भारतीय सेना

बुधबार, १४ साउन २०८२, १५ : २९
बुधबार, १४ साउन २०८२

सारांश

  • भारतीय सेनाले पुंछको एलओसी नजिक घुसपैठ गर्ने दुई आतङ्ककारीलाई मार्यो।
  • मुठभेड देगवार सेक्टरको मालदिवलन क्षेत्रमा भएको थियो, जहाँ सेनाले शंकास्पद गतिविधि देखेको थियो।
  • आतंककारीहरूबाट हतियार र गोला बारुद बरामद गरियो, र यसअघि श्रीनगरमा पनि मुठभेड भएको थियो।

श्रीनगर । जम्मू कश्मीरको पुंछमा नियन्त्रण रेखा (एलओसी) नजिक घुसपैठ गर्न खोजिरहेका दुई आतङ्ककारी मारिएको भारतीय सेनाले जानकारी दिएको छ। अधिकारीहरूका अनुसार सीमामा तैनाथ सैनिकहरूले मंगलबार राति देगवार सेक्टरको मालदिवलन क्षेत्रमा शङ्कास्पद गतिविधि देखे। त्यसपछि मुठभेड सुरु भयो।

यो अपरेसनलाई ‘शिवशक्ति’ नाम दिइएको थियो। आतङ्ककारीहरूबाट ३ वटा हतियार र गोला बारुद पनि बरामद गरिएको थियो।

यो पछिल्लो तीन दिनमा सेनाको दोस्रो मुठभेड हो। जुलाई २८ मा, सुरक्षा बलले श्रीनगरको दाचिगाम राष्ट्रिय निकुञ्ज नजिकै हरवन क्षेत्रमा तीन पाकिस्तानी आतङ्ककारीहरूलाई मारेको थियो। गृहमन्त्री अमित शाहले जुलाई २९ मा लोकसभामा मारिएका आतंककारीहरूमध्ये एक पहलगाम आक्रमणका मुख्य अभियुक्त सुलेमान रहेको बताएका थिए ।

बाँकी दुई आतङ्ककारीहरूको पहिचान जिब्रान र हमजा अफगानीको रूपमा गरिएको छ। जिब्रान २०२४ मा सोनमर्ग सुरुङ परियोजनामा भएको आक्रमणमा संलग्न थिए। आतंककारीहरूबाट अमेरिकी एम४ कार्बाइन, एके४७ र १७ राइफल तथा ग्रिनेड बरामद गरिएको थियो। यसलाई अपरेसन महादेव नाम दिइएको थियो। एक हप्ताअघि, सुरक्षा बललाई श्रीनगरको दाचिगाम जंगलमा आतंककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचना प्राप्त भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप