सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा
सारांश
- सिरहा प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी १०९ वटा मुद्दा चलायो।
- प्रहरीले विभिन्न लागुऔषधसहित १८० जनालाई पक्राउ गर्यो, जसमा नेपाली र भारतीय नागरिक थिए।
- प्रहरीले गाँजा, खैरो हिरोइन, र अन्य सिन्थेटिक लागु औषध बरामद गर्यो र मुद्दा दायर गर्यो।
सिरहा । सिराहा प्रहरीले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरबाट लागु औषधसम्बन्धी १०९ वटा मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटद्वारा सञ्चालन गरिएको अभियानमा विभिन्न प्रकारका लागु औषधसहित नेपाली तथा भारतीय गरी १८० जनालाई पक्राउ गरिएको प्रहरीको वार्षिक तथ्याङ्कले देखाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये १६८ पुरुष र पाँच जना महिला नेपाली रहेका छन् भने छ जना पुरुष र एक महिला भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । तीमध्ये १०७ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने दुई वटा मुद्दा अझै बाँकी रहेका छन् ।
यस अवधिमा प्रहरीले जम्मा एक हजार ३९ किलो ६०४ ग्राम गाँजा र एक किलो ५३५ ग्राम खैरो हिरोइन बरामद गरेको छ । यस्तै, गोप्य सूचनाका आधारमा गरिएको जाँच तथा निगरानीका क्रममा डाइजेपाम, फेनार्गन, बुप्रोनर्फिन, लुपिजेसिक, नाइट्राजेपाम, स्पास प्रो, कोडिनलगायत सिन्थेटिक लागु औषधसमेत बरामद गरी सम्बन्धित विरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरीले लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखी निरन्तर निगरानी तथा कारबाही अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पारवानले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण