यमनमा डुङ्गा पल्टिँदा ५४ शरणार्थीको ज्यान गयो, दर्जनौँ बेपत्ता
सोमबार, १९ साउन २०८२, ०० : १०
सारांश
- यमनको सागर किनारमा डुङ्गा डुब्दा ५४ जनाको मृत्यु भएको छ भने धेरै बेपत्ता छन्।
- अरब सागरमा डुङ्गा पल्टिँदा अधिकांश इथियोपियाका नागरिक सवार थिए।
- यमन र अफ्रिकी मुलुकबीचको समुद्री मार्ग आप्रवासनका लागि जोखिमपूर्ण मानिन्छ।
काठमाडौँ । यमनको अबियान प्रान्तको सागर किनारमा अफ्रिकी शरणार्थी तथा आप्रवासीहरू चढेको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको ज्यान गएको छ भने दर्जनौँ अझै बेपत्ता छन्।
शनिबार साँझ, अरब सागरमा शक्रा तट नजिकै डुङ्गा पल्टिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। डुङ्गामा करिब १५० जना सवार थिए, जसमा अधिकांश इथियोपियाका नागरिक थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार उद्धारकर्ताले ५४ शव फेला पारेका छन् भने १२ जनालाई उपचारका लागि अस्पतालमा पठाइएको छ।
यमन र अफ्रिकी मुलुकहरूबिचको समुद्री मार्गलाई विश्वकै एक ‘जोखिमपूर्ण र व्यस्त’ आप्रवासन मार्ग मानिन्छ। गत वर्ष मात्र ५५८ जनाले यसै मार्गमा ज्यान गुमाएका थिए।
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन सङ्गठनका अनुसार २०२४ मा मात्र ६० हजारभन्दा बढी शरणार्थी तथा आप्रवासी यमन पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण