दैनिक सयौँको सङ्ख्यामा नेपाली जनशक्ति बाहिरिँदै
सारांश
- रोजगारीको अवसर नहुँदा दैनिक सयौँ नेपाली विदेश पलायन भइरहेका छन्।
- गत आर्थिक वर्षमा ८ लाख ३९ हजारभन्दा बढी नेपालीले विदेशमा श्रम स्वीकृति लिएका थिए, जसमा दक्ष जनशक्ति पनि ठूलो संख्यामा छन्।
- वैदेशिक रोजगार विभागका अनुसार, अदक्ष श्रमिकको अनुपात बढेको छ, तर सीप नसिकेका नेपालीको संख्या पनि बढ्दो छ।
काठमाडौँ । न कुनै युद्ध, न कुनै विपत्ति । पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् । मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले रोजगारीका लागि देश छाड्नेको सङ्ख्या ठुलो रहेको छ ।
देशमै सम्भावना नदेखेर विदेशीने क्रम बढ्दा मुलुकले ठुलो युवा श्रम शक्ति गुमाइरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार हरेक दिन विदेशी रहेको जनशक्ति मध्ये अदक्ष मात्रै छैन दक्ष जनशक्तिको सङ्ख्या पनि ठुलो रहेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना विदेशिएका थिए । जसमध्ये ९ सय ३७ जना धेरै दक्ष नेपालीहरू विदेशिएका छन् । त्यसमा महिला भन्दा पुरुष धेरै छन् । धेरै दक्ष भएर विदेशीका पुरुषको सङ्ख्या ६ सय ९२ रहेको छ भने महिलाको त्यस्तो सङ्ख्या २४५ रहेको छ ।
त्यस्तै व्यावसायिक रूपमा जानेहरूको सङ्ख्या ४ हजार ३ सय ७२ रहेको छ । त्यसरी जसमध्ये पुरुष ३ हजार ७ सय ४९ पुरुष छन् भने ६ सय २३ जना महिला रहेका छन् ।
विदेश जाने अर्धदक्ष जनशक्तिको सङ्ख्या पनि ठुलो रहेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार ९९ हजार ७ सय २३ जना अर्धदक्ष नेपाली एक वर्षको बीचमा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमध्ये ९० हजार भन्दा बढी पुरुष छन् भने अरू महिला छन् ।
यस्तै, सीप सिकेर विदेश जानेको सङ्ख्या पनि ठुलो रहेको छ । एक वर्षमा ५ लाख ६ हजार भन्दा बढी युवा जनशक्ति सीप सिकेर विदेश गएको छ ।
जसमध्ये पुरुषको सङ्ख्या हेर्ने हो भने ४ लाख ४७ हजार भन्दा बढी छ भने महिलाको सङ्ख्या ५९ हजार ७ सय ५४ रहेको विभागको तथ्याङ्कले देखाउँछ । यस्तै सीप नसिकी विदेश जाने नेपालीको सङ्ख्या पनि ठुलो रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार एकै वर्षमा २२ लाख ७ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर सिप नै नसकी विदेशिएका छन् । सीप नसिकेर विदेशिने मध्ये पुरुषको सङ्ख्या बढी छ ।
विभागको तथ्याङ्क अनुसार २ लाख २ हजार भन्दा बढी पुरुषहरू सीप नसिकी विदेश गएको देखिन्छ भने २४ हजार भन्दा बढी महिलाहरू सीप बिनै विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढेको छ ।अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात १९.६३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएकामध्ये २७.०९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप सिकाएर पठाउने बताइरहँदा सीप नसिकी जानेहरूको सङ्ख्या घट्नुको साटो बढ्नु चिन्ताको विषय बनेको छ ।
विभागका अनुसार गत आव २०८१/८२ मा नेपालीहरू वैधानिक माध्यमबाट १५१ मुलुकमा रोजगारीमा गएका छन् । युएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा बढी श्रमिक जाँदा १२ वटा मुलुकमा एक जना मात्र श्रमिक गएका छन् ।
वैदेशिक रोजगार विभागसँग विदेशिनेको तथ्याङ्क रहने गरे पनि कति विदेश गएर उतै बसे कति फर्किए भन्ने यकिन तथ्याङ्क भने छैन ।यो एक वर्षको अवधिमा खाडी मुलुकसहित युरोपेली मुलुकहरूमा समेत नेपालीहरू धेरै गएको विभागको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण