यस्ता छन् ‘कुलिङ अफ पिरियड’ छेडखानीमा परियार समितिले गरेका तीन सिफारिस
सारांश
- संघीय निजामती सेवा विधेयकको दफा ८२ मा भएको त्रुटि छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन पेश गरेको छ।
- समितिले कानुनी तादम्यता नमिलेको र जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको छ।
- समितिले राजनीतिक र कर्मचारीको जिम्मेवारी अनुसार कारबाहीको सिफारिस गरेको छ।
काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा विभिन्न सिफारिस गरेको छ ।
यस्ता छन् कांग्रेस सांसद जीवन परियार सभापति रहेको समितिले गरेका सिफारिस
क) कानुनी तादम्यता के कति कारणले नभएको हो भन्ने सम्बन्धमा अध्ययन गर्दा मिहिन रूपमा दफावार छलफल नगरिएको । परिमार्जन गरिएको प्रतिवेदन सभामा पेस गर्नुअघि समितिका माननीय सदस्यहरूले अन्तिममा हेर्ने र छलफल नगरिएको । मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको । विधेयक मस्यौँदामा मिलाउने जिम्मेवारी भएको कार्यमा सम्लग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकोले कानुनी तादम्यता नमिलेको देखियो ।
ख) विधेयकको दफा ८२ को उपदफा ४ र ५ बीच तादम्यता नभएको विषय गम्भीर त्रुटि भएको देखिएकाले परिभाषित जिम्मेवारीमा रहेकाहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको भन्ने नदेखिएको ।
ग) विधेयकको दफा ८२ उपदफा ४ र ५ का बीच कानुनी तादम्यता सम्बन्धमा गम्भीर त्रुटि यसमा संलग्न पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुँदा सोही बमोजिमको सुझाव एवं सिफारिस यस समितिको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण