मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

वर्षको अन्त्यसम्म हिज्बुल्लाहलाई निःशस्त्र पार्ने लेबनान सरकारको योजना

बुधबार, २१ साउन २०८२, १६ : १८
बुधबार, २१ साउन २०८२

बेरुत । लेबनानी सरकारले वर्षको अन्त्यसम्ममा देशभित्र हतियारको नियन्त्रण केवल सरकारी संस्थाहरूसँग मात्र रहने गरी योजना बनाउन सेनालाई निर्देशन दिएको छ।

प्रधानमन्त्री नवाफ सलामको अध्यक्षतामा करिब छ घण्टा लामो मन्त्रिपरिषद् बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। यस कदमको मूल उद्देश्य लडाकू समूह हिज्बुल्लाहलाई निःशस्त्रीकरण गर्नु रहेको सरकारको भनाइ छ।

यो घोषणा हिज्बुल्लाहका एक नेताद्वारा दिइएको कडा वक्तव्यपछि गरिएको हो, जसमा उनले समूहले हतियार नत्याग्ने स्पष्ट पार्दै इजरायलमाथि मिसाइल आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री सलामले सेनालाई यो महिनाको अन्त्यसम्ममा कार्यान्वयनको विस्तृत योजना तयार पारेर सरकारसमक्ष पेश गर्न निर्देशन दिएका छन्।

हिज्बुल्लाहमाथि निःशस्त्रीकरणको दबाब बढिरहेको अवस्थामा लेबनानी सरकारले यस्तो निर्णय लिएको हो। विशेषगरी, अमेरिका लेबनान सरकारबाट हिज्बुल्लाहलाई हतियार त्याग्न बाध्य पारोस् भन्ने अपेक्षामा रहेको छ।

इजरायलसँग पछिल्लो १४ महिनादेखि चलिरहेको द्वन्द्वका कारण हिज्बुल्लाह कमजोर अवस्थामा पुगेको विश्वास गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप