झापामा लागुऔषधसहित दुई जना पक्राउ
सारांश
- दमक प्रहरीले झापाको कमल गाउँपालिकाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
- कमल-६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका छन्, उनीहरूको घरबाट प्रतिबन्धित औषधि बरामद गरियो।
- प्रहरीले ६ महिनामा लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता गरी ५३ जनालाई पक्राउ गरेको छ।
झापा । जिल्लाको कमल गाउँपालिकाबाट लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल–६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आउनुभएका बगालेको मङ्गलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो ।
बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
६ महिनामा लागु औषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता
यसैबिच, प्रनाउ तिमल्सिनाले कमान्ड सम्हालेयता ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । गत माघ १ गतेदेखि हालसम्म लागु औषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको उनले उल्लेख गरे ।
उनका अनुसार गत माघ १ देखि हालसम्म ब्राउन सुगर ६१ ग्राम ७०० मिलिग्राम , ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट, स्पास्पेन ३० हजार १६६ चक्की, स्पास्म एक हजार ६०९ चक्की, गाँजा एक किलो ४०० ग्राम बरामद गरिएको छ । प्रनाउ तिम्सिनाले आफू दमक आएपछि शान्ति सुरक्षा व्यवस्थापन, अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्त्वपूर्ण कार्य भएको दाबी गरे ।
उनका अनुसार पछिल्लो छ महिनामा सवारी ज्यानसम्बन्धी नौ वटा मुद्दा दर्ता भई नौ जना पक्राउ, कर्तव्य ज्यानसम्बन्धी तीन वटा मुद्दा दर्ता भएकोमा तीनैजना पक्राउ परेका छन् । त्यस्तै आर्थिक अपराधसम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकामा एघार जना पक्राउ परेका छन् भने २५ जना फरार रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण