फ्राईडे रिलिज : सिटामोल भर्सेज माेहर
सारांश
- आज शुक्रबार दुई नयाँ नेपाली फिल्म 'सिटामोल' र 'मोहर' प्रदर्शनमा आएका छन्।
- 'सिटामोल' सशस्त्र जनयुद्धको घाइतेको कथामा आधारित छ, जसमा सौगात मल्ल लगायतका कलाकारको अभिनय छ।
- 'मोहर' देउकी प्रथामा आधारित छ, जसलाई ओम प्रतीकले लेखेका हुन् र यसमा पल शाह र नीति शाहको अभिनय रहेको छ।
काठमाडौँ । आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आए। फिल्म हुन् `सिटामोल´ र `माेहर´ । दुवै फिल्म देशभर एकअर्कोसँग भिड्न लागेका हुन् । फरक कथामा भनेका दुवै फिल्म राम्रो भएको निर्माण पक्षको दाबी रहेको छ ।
`सिटामोल´राज बहादुर सानेले निर्देशन गरेका हुन् ।सशस्त्र जनयुद्धको घाइतेको कथामा फिल्म बनेको हो ।फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
तुल्सीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् ।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्माता रहेका छन् ।
त्यस्तै `माेहर´ देउकी कथामा बनेको फिल्म हो । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ओम प्रतीकको लेखन तथा निर्देशन रहेको छ।
फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । फिल्मको निर्माता चुम्मन शाहीले हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण