सिराहाको कल्याणपुर नगर प्रमुखविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहविरुद्ध आरोपपत्र दायर गरेको छ।
- मेयर साहलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको थियो।
- नाला निर्माणको भुक्तानी दिने क्रममा घुस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
अख्तियारको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले नगर प्रमुख साहलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उनीमाथि वडा नम्बर ६ मा नाला निर्माण योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा घुस मागेको उजुरी परेको थियो।
अनुसन्धानका क्रममा नगर प्रमुख राम पुकार साहले पक्की नाला निर्माणको कामको भुक्तानीका लागि सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस/रिसवत मागेर लिएको पुष्टि भएको आयोगको भनाई छ।
अख्तियारले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको भन्दै १ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र बिगोअनुसार जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण