‘वार २’ को रिलिजअघि सेन्सर बोर्डको कैँची
सारांश
- फिल्म 'वार २' को रिलिज अघि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले फिल्ममा कैँची चलायो र परिवर्तन गर्न लगायो।
- बोर्डले फिल्मलाई 'यू/ए १६+' प्रमाणपत्र दिएर केही दृश्य र संवादहरूमा परिवर्तन गर्न निर्देशन दियो।
- फिल्मबाट केही दृश्य र संवादहरू हटाइयो, जसमा कियारा आडवाणीको बिकिनी दृश्य पनि समावेश छ।
मुम्बई । फिल्म ‘वार २’ को रिलिजअघि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले फिल्ममा कैँची चलाएको छ। ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनित यो फिल्मलाई बोर्डले ‘यू/ए १६+’ प्रमाणपत्र दिए पनि केही दृश्य र संवादहरूमा महत्त्वपूर्ण परिवर्तन गर्न लगाएको छ।
बलिउड हंगामाको रिपोर्ट अनुसार, सेन्सर बोर्डले फिल्मका निर्माताहरूलाई अडियो र भिडियो दुवैमा अनुपयुक्त मानिएका ६ ठाउँका सन्दर्भहरूलाई म्युट गर्न निर्देशन दिएको छ। यसका साथै, ६ ठाउँका संवादहरू पनि परिवर्तन गरिएको छ।
फिल्मबाट दुई सेकेन्डको एक दृश्य, जसमा पात्रको इशारालाई गलत मानिएको थियो, त्यो पनि हटाइएको छ। यति मात्र नभई, ‘कामुक’ फुटेजलाई ५०% ले घटाउन भनिएको छ र लगभग ९ सेकेन्डको त्यस्तो फुटेज हटाइएको छ। यो कटौती कियारा आडवाणीको बिकिनी दृश्यसँग सम्बन्धित भएको विश्वास गरिएको छ।
अयान मुखर्जी निर्देशित र यशराज फिल्म्सको जासूसी ब्रह्माण्डको हिस्सा रहेको यो फिल्ममा ऋतिक रोशन मेजर कबीर धालीवालको भूमिकामा छन् भने जुनियर एनटीआरले विक्रम नामक अर्का भारतीय जासूसको भूमिका निर्वाह गरेका छन्। यो फिल्म अगस्ट १४ मा रिलिज हुने तयारीमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण