‘आमिरले मलाई १ वर्षसम्म थुनेर राखे’, भाइ फैसल खानले लगाए गम्भीर आरोप
सारांश
- बलिउड अभिनेता फैसल खानले आमिर खानले आफूलाई मुम्बईस्थित घरमा एक वर्षभन्दा बढी समय कैद गरेको आरोप लगाएका छन्।
- परिवारका सदस्यहरूले उनलाई स्किजोफ्रेनिया भएको र समाजका लागि खतरा भएको आरोप लगाएका थिए, जसले उनलाई फसाएको महसुस गरायो।
- फैसलले आफ्नो मोबाइल खोसिएको र बाहिर निस्कन नपाएको बताए, साथै आमिरले उनलाई एक वर्षपछि अर्को घरमा बस्न अनुमति दिए।
मुम्बई । बलिउड अभिनेता तथा आमिर खानका भाइ फैसल खानले केही वर्षअघि आमिर खानले आफूलाई एक वर्षभन्दा बढी समयसम्म मुम्बईस्थित आफ्नो घरमा कैद गरेर राखेको दाबी गरेका छन्।
एक निजी मिडियासँगको अन्तर्वार्तामा फैसलले उनका परिवारका सदस्यहरूले उनलाई स्किजोफ्रेनिया भएको भन्दै ‘पागल’ व्यक्ति ठानेका थिए र उनी समाजका लागि खतरा हुन सक्ने आरोप लगाएको बताएका हुन् ।
फैसलले भने, ‘त्यो समयमा म फसेको महसुस गर्थेँ किनकि सबैले भनिरहेका थिए कि मलाई स्किजोफ्रेनिया छ र म पागल मान्छे हुँ, जसले समाजलाई हानि पुर्याउन सक्छ। म यो चक्रव्यूहबाट कसरी बाहिर निस्कने भनेर सोचिरहेको थिएँ तर सम्पूर्ण परिवार नै मेरो विरुद्धमा भएको महसुस भयो।’
फैसलले दाबी गरे अनुसार, उनको मोबाइल फोन खोसियो र बाहिर निस्कन दिइएन। ‘अङ्गरक्षकहरू मेरो कोठा बाहिर खडा हुन्थे, मलाई औषधि दिइन्थ्यो। म बुबाबाट मद्दतको आशा गर्थेँ तर त्यो सम्भव भएन। आमिरले मलाई एक वर्षसम्म घरमै कैद राखे,’ उनले भने।
उनका अनुसार, एक वर्षपछि धेरै जिद्दी गरेपछि मात्र आमिरले उनलाई अर्को घरमा बस्न अनुमति दिएका थिए।
फैसल र आमिरबीचको सम्बन्ध लामो समयदेखि उतारचढावपूर्ण रहँदै आएको छ। फैसल एक समय आफ्नै परिवारसँग कानुनी लडाइँमा समेत फसेका थिए। उनले यसअघि जेजे अस्पतालमा २० दिनसम्म गरिएको मानसिक परीक्षणमा आफू पूर्ण स्वस्थ भएको प्रमाणित भएको बताएका थिए।
आमिर र फैसलले सन् २००० मा रिलिज भएको धर्मेश दर्शन निर्देशित फिल्म मेलामा सँगै काम गरेका थिए, जसमा ट्विंकल खन्ना पनि थिइन्। फैसलले आफ्नो फिल्मी करियर सन् १९८८ मा कयामत से कयामत तक मा खलनायकको भूमिका निभाएर सुरु गरेका थिए। त्यसपछि उनले मधहोश, चिनार: दास्तान-ए-इश्क लगायतका फिल्ममा अभिनय गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण