इराकमा क्लोरिन ग्याँस चुहावटका कारण ६ सयभन्दा बढी तीर्थयात्री अस्पताल भर्ना
सारांश
- इराकको करबलामा पानी प्रशोधन केन्द्रमा क्लोरिन ग्यास चुहावट हुँदा ६०० भन्दा बढी तीर्थयात्री बिरामी परे।
- घटना नजफ र करबलाबीचको मार्गमा भएको थियो, जहाँ लाखौं शिया मुस्लिम अरबाइन मनाउन जम्मा हुने अपेक्षा गरिएको छ।
- स्वास्थ्य मन्त्रालयका अनुसार, सबै बिरामीहरूलाई आवश्यक हेरचाह प्रदान गरिएको छ र उनीहरू अस्पतालबाट डिस्चार्ज भएका छन्।
करबला । इराकमा क्लोरिन ग्याँस चुहावटका कारण ६ सयभन्दा बढी तीर्थयात्रीलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले आइतबार बताएका छन् । इराकको मध्य र दक्षिणमा अवस्थित दुई शिया पवित्र सहर नजफ र करबलाबीचको मार्गमा रातभरि यो घटना भएको हो ।
यसवर्ष लाखौँ शिया मुस्लिम तीर्थयात्री करबलामा जाने अपेक्षा गरिएको छ । त्यहाँ पूजनीय इमाम हुसेन र उनका भाइ अब्बासका मन्दिरहरू छन् । त्यहाँ उनीहरूले ४० दिनको शोक अरबाइन मनाउनेछन् । यसमा शियाहरूले पैगम्बर मोहम्मदका नाति हुसेनको मृत्युको सम्झना गर्छन् ।
एक संक्षिप्त बयानमा इराकको स्वास्थ्य मन्त्रालयले ‘करबलामा क्लोरिन ग्यास चुहावटपछि श्वासप्रश्वासका छ सय २१ वटा घटना दर्ता भएको’ बताएको छ । ‘सबैले आवश्यक हेरचाह पाएका छन् र स्वस्थ अवस्थामा अस्पतालबाट निस्किएका छन्’, विज्ञप्तिमा भनिएको छ ।
यसैबिच तीर्थयात्रीहरूको सुरक्षाका लागि जिम्मेवार सुरक्षा बलले उक्त घटना ‘करबला–नजफ सडकमा रहेको पानी केन्द्रबाट क्लोरिन चुहावट’ भएको बताएको छ ।
दशकौँको द्वन्द्व र भ्रष्टाचारका कारण इराकका धेरैजसो पूर्वाधार जीर्ण अवस्थामा छन् । सुरक्षा मापदण्डहरूको पालना प्रायः शिथिल रहन्छ ।
जुलाईमा पूर्वी सहर कुटको एक सपिङ मलमा भएको ठूलो आगलागीमा ६० भन्दा बढी मानिसको ज्यान गएको थियो । तीमध्ये धेरै जनाको शौचालयमा श्वास फेर्न नसकेर मृत्यु भएको अधिकारीहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण