शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

माल्टामा दुर्घटनामा ज्यान गुमाएका नेपालीको शव शुक्रबार नेपाल आइपुग्ने

सोमबार, २६ साउन २०८२, २२ : १२
सोमबार, २६ साउन २०८२

सारांश

  • एनआरएनए माल्टाले माल्टामा कार दुर्घटनामा निधन भएका खिमबहादुर पुनको न्यायका लागि पहल थालेको छ।
  • पुनको अन्तिम बिदाइ बुधबार माल्टामा हुने र पार्थिव शरीर अगस्ट १३ मा नेपाल ल्याइनेछ।
  • एनआरएनए माल्टाले नेपाल सरकार र कानूनी निकायहरूसँग समन्वय गरी न्यायको लागि आवाज उठाउनेछ।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् माल्टाले स्व. खिमबहादुर पुनको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै न्याय दिलाउन सक्रिय पहल सुरु गरेको छ। माल्टामा आइतबार कारको ठक्करबाट उनको निधन भएको थियो । 

एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालका अनुसार, पुनको अन्तिम बिदाइ कार्यक्रम आगामी बुधबार बिहान ९ बजे माल्टास्थित मातर–देई अस्पतालको मर्चुरी प्राङ्गणमा सम्पन्न हुनेछ। उनले माल्टा र गोजोमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई श्रद्धाञ्जली तथा अन्तिम बिदाइ कार्यक्रममा उपस्थित रहन आग्रह गरेका छन्।

‘हामी स्व.पुनको आत्माको चीरशान्तिको लागि प्रार्थना गर्दै, न्यायको यात्रामा दृढतापूर्वक अघि बढ्नेछौं,’ अध्यक्ष खनालले भने, ‘यसका लागि नेपाल सरकारको वैदेशिक रोजगार तथा श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, म्याड्रिडस्थित नेपाली दूतावास र माल्टाका कानूनी निकायसँग निरन्तर समन्वय भइरहेको छ।’

एनआरएनए माल्टाले न्यायको लागि आवाज उठाउने प्रतिबद्धता जनाएको जनाएको छ। यस क्रममा अध्यक्ष खनालले माल्टा र गोजोका सबै नेपालीहरूलाई एकजुट भई यो कठिन समयमा सहयोग र समर्थन जनाउन आग्रह गरेका छन्।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीपछि टर्किस एयरलाइन्सको उडानमार्फत बुधबार (अगस्ट १३) साँझ ७ : १५ बजे माल्टाबाट इस्तानबुल हुँदै नेपाल आइपुग्नेछ। इस्तानबुलमा बिहीबार (अगस्ट १४) राति ८ : ४० बजे उडान भई शुक्रबार (अगस्ट १५) बिहान ६ः १५ बजे काठमाडौँ आइपुग्ने तालिका तय भएको अध्यक्ष खनालले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप