बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाईजात्रा पर्वमा झगडा गर्ने ३ जना पक्राउ

मङ्गलबार, २७ साउन २०८२, १३ : ५२
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • भक्तपुरमा गाईजात्रा पर्व मनाउने क्रममा भएको झगडामा संलग्न तीन जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा ललितपुर र भक्तपुरका विभिन्न स्थानका व्यक्तिहरू छन्।
  • प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

भक्तपुर । भक्तपुरमा गाईजात्रा पर्व मनाउने क्रममा भएको झगडामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार साउन २५ गते राति करिब ११:१० बजे भक्तपुर नगरपालिका–५ टौमडी (पाँचतले मन्दिर) आसपासमा कुटपिटको घटना भएको थियो । जसको भिडियो सामाजिक सञ्जालमा समेत फैलिएको छ।

पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर नगरपालिका–५ भेलुखेलका ३४ वर्षीय अमन देउला र सोही वडाको साकोठाका ३४ वर्षीय राज कपाली रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप