पहिरोमा परी इलाममा एक जनाको मृत्यु
बुधबार, २८ साउन २०८२, १४ : ४२
सारांश
- इलामको रोङ गाउँपालिकामा पहिरोमा परी ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको छ।
- मानबुङमा घर नजिकै बाटोमा हिँडिरहेका बेला पहिरोले राईलाई पुर्दा मृत्यु भएको हो।
- प्रहरीले घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि टोली खटाएको छ।
फिक्कल । पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो करिब १२ः ०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए ।
राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए । घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण