सचिन तेन्दुलकरका छोरा अर्जुनले गरे इन्गेजमेन्ट
बिहीबार, २९ साउन २०८२, ०० : ५१
सारांश
- भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले सानिया चन्दोकसँग इन्गेजमेन्ट गरेका छन्।
- इन्गेजमेन्ट समारोह निजी रूपमा आयोजना गरिएको थियो जसमा दुवै परिवारका सदस्यहरू उपस्थित थिए।
- अर्जुन गोवाका लागि घरेलु क्रिकेट खेल्छन् र उनले आईपीएलमा मुम्बई इन्डियन्सका लागि पनि खेलेका छन्।
काठमाडौँ । भारतीय क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले बुधबार सानिया चन्दोकसँग इन्गेजमेन्ट गरेका छन्। सानिया मुम्बईका प्रख्यात व्यवसायी रवि घाइकी नातिनी हुन्।
इन्गेजमेन्ट समारोह निजी रूपमा आयोजना गरिएको थियो र दुवै परिवारका नजिकका साथी तथा सदस्यहरू मात्रै उपस्थित थिए।
२५ वर्षीय अर्जनु गोवाका लागि घरेलु क्रिकेट खेल्छन्। उनले पहिले मुम्बईको टोलीबाट खेल सुरु गरेका थिए र भारतको अन्डर–१९ टोलीमा पनि प्रतिनिधित्व गरेका छन्। उनले भारतीय प्रिमियर लिगमा मुम्बई इन्डियन्सको लागि पनि खेलिसकेका छन्।
सानिया चन्दोक व्यवसायी परिवारबाट आएकी हुन् र सार्वजनिक जीवनमा कम परिचित छिन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सानियाको परिवार भारतको प्रतिष्ठित व्यपारीक परिवार रहेको छ । हालसम्म दुवै परिवारले इन्गेजमेन्टबारे औपचारिक बयान दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण