अन्तर्राष्ट्रिय आइटी युवा सम्मेलन २०२५ : विश्वभरका नेपाली युवालाई भर्चुअलमा जोड्ने अपेक्षा
सारांश
- राष्ट्रिय युवा सङ्घ नेपालले 'अन्तर्राष्ट्रिय आइटी युवा सम्मेलन २०२५' आयोजना गर्ने भएको छ।
- सम्मेलनमा १ करोडभन्दा बढी नेपाली युवाको सहभागिता रहने अपेक्षा गरिएको छ, जसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।
- कार्यक्रममा डिजिटल नीति, सूचना प्रविधि, रोजगारी र उद्यमशीलताबारे छलफल हुनेछ, साथै सफलताका कथाहरू प्रस्तुत गरिनेछन्।
काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय आइटी युवा सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ । आगामी भदौ १ गते (१७ अगस्ट, २०२५) साँझ ५ बजेदेखि ९ बजेसम्म भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा १ करोडभन्दा बढी नेपाली युवाको सहभागिता रहने अपेक्षा गरिएको सङ्घले जनाएको छ ।
सङ्गठनका प्रवक्ता निरोज पौडेलका अनुसार सम्मेलनको नारा ‘कनेक्टिङ नेपाली युथ ग्लोवल्ली’ रहेको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा र साइबर सुरक्षाविद् प्रो. मोशे वाय.वार्डी लगायतका प्रतिष्ठित वक्ताहरू सहभागी हुनेछन् ।
कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधि क्षेत्रमा सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे छलफल हुनेछ । साथै विश्वभर रहेका नेपाली युवाहरू नवप्रवर्तन र प्रविधिमा आधारित सफलताका कथाहरू प्रस्तुत गरिने युवा सङ्घले जनाएको छ ।
सम्मेलनमा अनलाइन दर्ता निःशुल्क हुनेछ र नेपाली तथा अङ्ग्रेजीमा प्रत्यक्ष अनुवाद सुविधा उपलब्ध गराइने आयोजकको भनाइ छ । राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले सम्मेलन डिजिटल नेपालको भविष्य निर्माणतर्फ एक महत्त्वपूर्ण कदम हुने बताए ।
‘यो केवल भर्चुअल कार्यक्रम मात्र होइन, विश्वव्यापी युवाको साझा आन्दोलन हो, जसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउनेछ’, अध्यक्ष थेवेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण