इसाकविना १० खेलाडीमा सीमित भिल्लासँग रोकियो न्युक्यासल
शनिबार, ३१ साउन २०८२, २० : ३९
सारांश
- न्युक्यासल युनाइटेडले प्रिमियर लिगको पहिलो खेलमा गोलरहित बराबरी खेल्यो।
- अलेक्जान्डर इसाकबिना न्युकेसलले निर्णायक गोल गर्न सकेन ।
- एज्री कोन्सा रातो कार्ड खाँदै बाहिरिएपछि एस्टन भिल्ला १० खेलाडीमा सीमित भयो।
लण्डन । प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा न्युक्यासल युनाइटेडले गोलरहित बराबरी खेलेको छ।
लिभरपुलमा जान दबाब दिइरहेका अलेक्जान्डर इसाकविना न्युकेसलले निर्णायक गोल निकाल्न सकेन ।
एज्री कोन्सा रातो कार्ड खाँदै बाहिरिएपछि एस्टन भिल्ला ६६औँ मिनेटपछि १० खेलाडीमा झरेको थियो । तैपनि न्युकेसलले गोलको अवसर सदुपयोग गर्न सकेन ।
न्युकेसलका एन्टोनी एलाङ्गा र एन्टोनी गोर्डनले पहिलो हाफमै राम्रा मौका गुमाए । डेब्युटेन्ट गोलरक्षक मार्को बिजोटले सुरुवाती केही मिनेटमै एलाङ्गाको प्रहार रोके भने गोर्डनले नजिकैबाट हेडर बाहिर पठाए ।
पहिलो हाफमा कुनै प्रहार नगरेको भिल्ला दोस्रो हाफमा सक्रिय देखियो । बौबाकर कामारा र ओली वाट्किन्सले प्रयास गरे पनि गोलरक्षक निक पोपले सजिलै रोकिदिए । कोन्सा बाहिरिएपछि भिल्लाले बाँकी समय १ अङ्क सुरक्षित गर्नमा ध्यान दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण