सामसङको टिभीमा भिजन एआईसहित स्मार्ट अनुभव
काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ QLED टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गर्दै नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराएको छ। यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै घरमै सिनेमाजस्तो अनुभव दिने स्मार्ट साथीको रूपमा रूपान्तरण गरेको कम्पनीको भनाय छ।
सामसङ भिजन एआईले तीन मुख्य फिचरमार्फत प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ। एआई मोडले कन्टेन्ट र वरिपरिको वातावरण अनुसार वास्तविक समयमा दृश्य र आवाज मिलाउँछ। एआई एक्स्पीरीएन्स प्रयोगकर्ताको रोजाइअनुसार सुझाव र सेटिङ्गहरू अनुकूल बनाउँछ। साथै, मल्टी–डिभाइस कनेक्तिभीटी मार्फत स्मार्टफोन, ट्याब्लेट र अन्य उपकरणसँग सजिलै जडान गर्न सकिन्छ।
नयाँ टिभीहरूले युनिभर्सल जेस्चर कन्ट्रोल, एआई अपस्केलिंग (कम रिजोलुसन कन्टेन्टलाई 4K गुणस्तरमा रूपान्तरण), जेनरेटिभ वलपेपर, स्मार्टथिंग्स हब र पेट एण्ड फेमिली केर मोड जस्ता सुविधाहरू उपलब्ध गराउँछन्। यसले न केवल मनोरञ्जन अनुभवलाई अझ स्मार्ट बनाउँछ, तर घरको सुरक्षा र ऊर्जा व्यवस्थापनमा पनि सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
QLED 4K लाइनअपमा QA85Q7F, QA75Q7F, QA65Q8F र QA55Q8F मोडेलहरू प्रमुख रहेका छन्। ८५ इन्चको QA85Q7F मोडेलमा क्वान्टम डट टेक्नोलोजी, 20W 2-च्यानल स्पिकर, Dolby Atmos र OTS सहित सिनेमाजस्तो अनुभव उपलब्ध छ। २०२५ को एआई टिभीहरूमा ७ वर्षसम्म निःशुल्क OS अपग्रेड सुविधा पनि दिइएको छ।
मूल्यअनुसार, QA85Q7F रु ३,९९,९९० देखि QA55Q8FAARSHE रु १,८२,९९० सम्म उपलब्ध छन्। UHD, FHD र HD मोडेलहरू पनि बजारमा उपलब्ध छन्। नयाँ QLED TV ग्राहकहरूले इन्स्टा फाइनान्स सेवा मार्फत EMI मा ०% ब्याजदरमा मासिक रु ९,९२७ बाट लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामसङ नेपालका CE बिजनेस हेड मिलन कुमार झाका अनुसार, “सामसङ भिजन एआईले व्यक्तिगत र एआई–समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ। हाम्रो उद्देश्य घरमै स्मार्ट, सहज र भविष्य–प्रमाण अनुभव प्रदान गर्नु हो।”
सामसङको यो नयाँ लाइनअपले नेपाली उपभोक्तालाई घरमै सिनेमाजस्तो अनुभव र स्मार्ट जीवनशैलीको नयाँ विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण