मोटरसाइकलको ठक्करबाट महिला गम्भीर घाइते, अवस्था चिन्ताजनक
सारांश
- डडेल्धुराको आलिताल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन्।
- घाइते महिलालाई थप उपचारका लागि धनगढी लगिएको छ, र उनको अवस्था चिन्ताजनक छ।
- प्रहरीले मोटरसाइकल चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
धनगढी । डडेल्धुराको आलिताल गाउँपालिका–८ मौरीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छिन्। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजो (आइतबार) साँझ करिब ७ बजे बुडरबाट जोगबुडातर्फ जाँदै गरेको सु.प.प्र.०१–१२प ४२०८ नम्बरको मोटरसाइकलले स्थानीय गणेश बहादुर देउवाकी ४५ वर्षीया श्रीमती धना देवी देउवालाई ठक्कर दिएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी देउवालाई तत्कालै गोदामस्थित सुबोध मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारका लागि धनगढी रिफर गरिएको थियो। प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विष्टका अनुसार हाल उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ।
मोटरसाइकल चालक परशुराम नगरपालिका–४ कटालका होम बहादुर माल र दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण