गैरकानुनी लाभ सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसँग ५० हजार धरौटी माग्ने आदेश
सारांश
- विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ र नोक्सानी पुर्याएको आरोपमा पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
- सूचना प्रविधि केन्द्रको खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ५ करोड ७९ लाख रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको दाबी छ।
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँग विशेष अदालतले धरौटी माग्ने आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले गैरकानुनी लाभ तथा हानी नोक्सानी पुर्याइ भ्रष्टाचार मुद्दामा सोमबार ५० हजार धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसहित ५ जना र खरिदमा संलग्न कम्पनीले गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको अख्तियारले अभियोगपत्र दायर गरेको थियो । आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी/जीएनसीबी–६–०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ’ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र तीन बर्सेको वारेन्टीसहित अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको अख्तियारको दाबी छ ।
आयोगका अनुसार मिलेमतोमा स्वार्थ बाझिने गरी उक्त कार्यको लागत अनुमान तयार गरेको, सम्झौताअनुसार अनसाइट सपोर्ट वारेन्टी प्राप्त नभएको तर रकम भने भुक्तानी लिएको देखिएको छ । यो कार्यबाट राज्यलाई ५ करोड ७९ लाख रुपैयाँ बढी भुक्तानी लिई हानी पुर्याएको अख्तियारको आरोप छ ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ अनुसारको कसुरमा पौडेलसहित सबै विरुद्ध सोही रकम बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध यसअघि एउटा ठेक्कामा ४ लाख डलरबाट घुसको बार्गेनिङ सुरु गरी २ लाख ८० हजारमा पक्का गरेको पाइएको थियो । आयोगले पौडेल र ठेकेदार कम्पनीका एजेन्ट भारतीय नागरिक दीपक आनन्दबिच ह्वाट्सएपबाट भएको कुराकानीको विस्तृत विवरण नै फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण