क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल
सारांश
- क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको बताए।
- क्यानडाले नेपाललाई वार्षिक ४ करोड डलर सहयोग गर्छ, र नेपालले ७ अर्बको सामान आयात गर्छ।
- डा. भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्चको नयाँ कार्यसमिति चयन भयो।
काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको बताएका छन् । अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि चार करोड डलर बराबरको सहयोग उपलब्ध गराई रहेको जानकारी दिए ।
उनले नेपालले बर्सेनि क्यानडाबाट झन्डै रु सात अर्ब बराबरको सरसामान आयात गरिरहेको र रु एक अर्ब बराबरको निर्यात गरिरहेको समेत उल्लेख गरे । ‘क्यानडामा नेपालबाट हुने निर्यात बढाउन सकिन्छ, यसमा नेपाली ‘डायस्पोरा’ले थप भूमिका निर्वाह गर्नुपर्छ’, राजदूत पौड्यालले भने ।
राजदूत पौड्यालले क्यानडामा नेपाली डायस्पोराको सङ्ख्या बढ्दै जाँदा नेपालमा क्यानडाको राजदूतावास स्थापना गर्न क्यानडा सरकारलाई अनुरोध गरिएको बताए । अर्थशास्त्री डा.राम आचार्यले सन् २०१९ देखि सम्मेलन सुरु गरिएको उल्लेख गर्दै कोभिड महामारीका कारण केही समय रोकिएको बताए ।
त्यस अवसरमा न्यु ब्रन्सविक विश्वविद्यालयका पूर्वप्राध्यापक बासु शर्माले ‘नेपालमा सङ्घीयताका चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै एकता र विविधताबिच सन्तुलन ल्याउन नेपालले सङ्घीय प्रणाली अपनाएको धारणा राखे ।
दुई दिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा भानुभक्त आचार्यको अध्यक्षतामा क्यानडा नेपाल फोरम फर रिसर्च (क्यानेफोर) को नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा डा.दिनेश गजुरेल, बोर्ड निर्देशकमा डा.शिवहरि गौतम, डा.अनुप बस्नेत, डा.होमनाथ घर्ती र इन्जिनियर सुवास पौडेल निर्वाचित भएका हुन् ।
कार्यसमितिको सचिवमा कुसुम शर्मा, कोषाध्यक्षमा अम्बिका पौडेल र प्रविधि अधिकृतमा सौगात श्रेष्ठ निर्वाचित भए । दीपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण