समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
मङ्गलबार, ०३ भदौ २०८२, १३ : २९
सारांश
- सत्ता गठबन्धनले सिंहदरबारमा बैठक बोलाएको छ।
- बैठकमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू सहभागी भएका छन्।
- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन हस्ताक्षर अभियान चलाएपछि बैठक बोलाइएको हो।
काठमाडौँ । सत्ता गठबन्धनले सिंहदरबारमा बैठक बोलाएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
उक्त बैठकमा सहभागी हुन नेताहरू पुग्ने क्रम जारी रहेको छ । बैठकमा सहभागी हुन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगिसकेकी छन् । जसपा र लोसपाका नेताहरू पनि सिंहदरबार जाने क्रममा रहेको बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन हस्ताक्षर अभियान चलाएपछि सत्ता समर्थक साना दलहरूलाई पनि समेट्न बैठक बोलाइएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण