दशौं राष्ट्रिय खेलकुदको विषयमा छलफल गर्न जुम मिटिङ बस्दै
बिहीबार, ०५ भदौ २०८२, १० : ४४
सारांश
- युवा तथा खेलकुद मन्त्रालयले दशौं राष्ट्रिय खेलकुदबारे छलफल गर्न जुम मिटिङ गर्ने भएको छ।
- प्रदेशका सामाजिक विकास मन्त्री र राखेपका पदाधिकारीको बैठकमा सहभागिता रहनेछ ।
- भौतिक उपस्थितिमा बैठक गर्न नसकिने भएकाले जुम बैठकको आयोजना गरिएको हो ।
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले दशौं राष्ट्रिय खेलकुदको विषयमा छलफल गर्न जुम मिटिङ बस्ने भएको छ ।
सबै प्रदेशका सामाजिक विकास मन्त्री र युवा तथा खेलकुद मन्त्रीको मिटिङमा सहभागिता हुनेछ ।
सबै प्रदेशका नियामक निकायहरूलाई काठमाडौँमा बोलाउन सम्भव नभएका कारण जुम मिटिङ राखिएको मन्त्रालयले जनाएको छ ।
मिटिङमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष र सदस्य सचिवको पनि सहभागिता रहनेछ ।
मिटिङ ११ बजे बस्ने कार्यक्रम भएपनि केही समय लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण