उपसमितिमा बसेर प्रतिवेदन बनाउनेले विरोध गर्न सुहाउँदैन : थेबे
बिहीबार, ०५ भदौ २०८२, ११ : १५
सारांश
- सांसद उर्मिला थेबेले उपसमितिमा बसेर प्रतिवेदन बनाउनेले विरोध गर्न नहुने बताइन्।
- उनले उपसमितिको प्रतिवेदनमा सहमति जनाएर अहिले विरोध गर्नु अशोभनीय हुने बताइन्।
- थेबेले आफूले प्रतिवेदनको आलोचना नगरेको र नजानेर नबोलेको कुरा उल्लेख गरिन्।
काठमाडौँ । नेकपा एमालेकी सांसद् उर्मिला थेबेले उपसमितिमा बसेर प्रतिवेदन बनाउनेले विरोध गर्न नसुहाउने बताएकी छन् ।
बिहीबार सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसद थेबेले समितिले बनाएको उपसमितिमा बसेका सांसदहरूले फेरि समितिमै बसेर विरोध गर्न नसुहाउने बताइन् । उनले उतिबेला उपसमितिको प्रतिवेदनमा नसमेट्ने र अहिले आएर यो भएन र त्यो भएन भन्नु अशोभनीय हुने बताइन् ।
आफूले प्रतिवेदनमा समेटिएका विषय सबै राम्रा भएर नबोलेको नभई प्रतिष्ठित व्यक्तिले बनाएको प्रतिवेदनको के आलोचना गर्नु भनेर नबोलेको उनको भनाइ थियो ।
‘बनाएर ल्याएको प्रतिवेदनमा किन छुचो बोल्नु भनेर नबोलेको हो । नजानेर नबोलेको हो,’ थेबेले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण