कोलम्बियामा कार बम आक्रमण, पाँच जनाको मृत्यु, ३६ जना घाइते
शुक्रबार, ०६ भदौ २०८२, १० : १६
सारांश
- कोलम्बियाको क्याली सहरमा कार बम विस्फोट हुँदा पाँच जनाको मृत्यु र ३६ जना घाइते भए।
- विस्फोट मार्को फिडेल सुआरेज मिलिटरी एभिएसन स्कुललाई लक्षित गरी गरिएको थियो र वरपरका भवनमा क्षति पुग्यो।
- मेयरले आक्रमणको निन्दा गर्दै दोषी पत्ता लगाउन सहयोग गर्नेलाई पुरस्कार दिने घोषणा गरे।
क्याली । कोलम्बियाको क्याली सहरमा भएको कार बम विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। प्रहरीका अनुसार आक्रमण मार्को फिडेल सुआरेज मिलिटरी एभिएसन स्कुललाई लक्षित गरी गरिएको थियो।
विस्फोटबाट वरपरका धेरै भवनहरूमा पनि क्षति पुगेको छ। क्यालीका मेयर अलेजान्ड्रो एडरले आक्रमणको निन्दा गर्दै जिम्मेवार व्यक्तिहरूको बारेमा जानकारी दिनेलाई ४० करोड डलर पुरस्कार दिने घोषणा गरे ।
सुरक्षालाई ध्यानमा राख्दै, उनले धेरै भवन र विद्यालयहरू खाली गर्न आदेश दिएका छन् र सहरमा ठुला ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाएका छन्।
यसअघि बिहीबार, उत्तरपश्चिमी सहर मेडेलिन नजिकैको ग्रामीण क्षेत्रमा प्रहरी हेलिकप्टरमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण