मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत-चीन सम्झौताबारे सरकारले कूटनीतिक नोट लेख्नुपर्छ : सांसद ढुंगाना

शुक्रबार, ०६ भदौ २०८२, १३ : ५५
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • सांसद आनन्दप्रसाद ढुंगानाले चीन-भारतबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सम्झौतालाई दुःखद बताए।
  • उनले सरकारले यसबारे कूटनीतिक नोट लेख्नुपर्ने र नेपालको भूमिको प्रयोगबारे चासो दिनुपर्ने बताए।
  • ढुंगानाले संघीयता नेपाली जनताले सोचेअनुसार चल्न नसकेको धारणा राखे।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन—भारतबिचको सम्झौता दुःखद भएको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रवारको बैठकमा बोल्दै ढुंगानाले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद भएको बताएका हुन् । 

उनले यसबारे सरकारले कूटनीतिक नोट लेख्नुपर्ने बताए । नेपालको भूमिको प्रयोग नेपाललाई नसोधी गर्ने कुरा सह्य नहुने उनको भनाई थियो । 

उनले भने, ‘तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइरालाले नोट लेखेरै भारतलाई यो त्रिपक्षीय ठाउँ हो । यो नेपालको भूमि हो । नेपाललाई नसोधी जुन किसिमको सम्झौता गर्नुभयो, त्यसको विरोध गर्दछौँ भनेर भनेका कुराहरू अहिले पनि म बिर्सिन्न । नेपाल सरकारले आफ्नो नक्सा पनि निकालिसकेका छौँ, प्रधानमन्त्रीज्यू चीन पनि र भारत पनि जाँदै हुनुहुन्छ । आफ्ना कुराहरू कूटनीतिक तवरले राख्नुहोला ।’

सांसद ढुंगानाले नेपाली जनताले सोचेअनुसारको सङ्घीयता देशमा चल्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप