लिपुलेक विवाद : माओवादी सांसदले भनिन्, ‘हात्तीसँग लड्न परे पनि तयार छौँ’
शुक्रबार, ०६ भदौ २०८२, १५ : १२
१
सारांश
- माओवादी केन्द्रकी सांसद रेणु चन्दले लिपुलेकको विषयमा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिन्।
- सांसद चन्दले हात्तीसँग लड्न परे पनि तयार रहेको बताइन् र कूटनीतिक पहलको महत्व दर्शाएकी थिइन्।
- उनले सीमा क्षेत्रमा नेपालीहरूको अवस्था नाजुक रहेको उल्लेख गरिन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले लिपुलेकमा चीन—भारतबिच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद चन्दले हात्तीसँग लड्न परे पनि आफूहरू लड्न तयार रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला । हात्तीसे लड्जायेगी चिटीकी टोली । तयारी गर्नुस् । कूटनैतिक पहल तपाईँहरूको पुग्दैन भने नडराउनु होला । म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु । यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन । मूल जरो त कूटनीतिक पहल नै हो ।’
सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरूको अवस्था नाजुक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण