पहिरोले विद्यालयको निर्माणाधीन भवनमा ठुलो क्षति
सारांश
- हुम्लाको विद्यालयमा पहिरोले निर्माणाधीन भवनमा २० लाख बराबरको क्षति पुर्याएको छ।
- पहिरोका कारण विद्यालयको भवनमा क्षति पुगेको र अझै जोखिम रहेको प्रधानाध्यापकले बताए।
- विद्यालयले मेसिनरी वाल निर्माणको पहल गरे पनि रकम अभावले समस्या भएको जनाएको छ।
हुम्ला । हुम्लाको एउटा विद्यालयमा वर्षको कारण पहिरोले निर्माणाधीन भवनमा ठुलो क्षति पुर्याएको छ । पहिरोले ताँजाकोट –३, छप्रेलास्थित श्री धर्मोदय माध्यमिक विद्यालयमा करिब बिस लाख बराबरको क्षति पुर्याएको हो ।
शुक्रबार बेलुका विद्यालयको पछाडिको भागमा पहिरो आएर निर्माणाधीन आरसीसी भवनमा करिब बिस लाख बराबरको क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसीले बताए ।
विद्यालयको पछाडिको भागमा मेसिनरी वाल नहुँदा पटकपटक यस्तो समस्या दोहोरिने गरेको छ । अझै पनि ठुलो पानी परेको खण्डमा पुरै भवन ठुलो जोखिम रहेको उनले जानकारी दिए ।
‘यसका लागि धेरैचोटि पहल गरियो तर कहीँकतैबाट सम्भव भएन’ प्रधानाध्यापक जैसीले भने,–‘विद्यालय क्षेत्रमा अधिकांश दलका नेताहरूको राजनीति गर्ने थलो मात्रै बन्यो तर, यसको विकास गर्नमा खासै चासो र चिन्ता दिइएन ।’
भवन प्रदेश संसद् कोष सामाजिक विकास कार्यालयद्वारा विनियोजित ९० लाखको रकममा गत मङ्सिरबाट निर्माणाधीन रहेको बताइएको छ । ‘विद्यालय निर्माण नगर्दै अगाडि नै विद्यालय पछाडिको उक्त भागमा मेसिनरी तथा ग्याबिन वाल निर्माणका लागि रकम माग गर्दा पनि कुनै ठाउँबाट सकारात्मक जवाफ आएन,’ प्रधानाध्यापक जैसीले भने ।
विद्यालयमा भवन सँगसँगै खेलमैदान, खानेपानी, शौचालय र घेरबारको पनि ठुलो समस्या रहेको विद्यालयमा कार्यरत शिक्षक डबलबहादुर महताराले बताए । शिक्षक महताराका अनुसार यस विद्यालयमा साधारणतर्फ कक्षा १२ सम्म र प्राविधिक धारतर्फ पशु विज्ञानको १८ महिने एलपीएएच् कार्यक्रम सञ्चालनमा रहेको छ ।
यस विद्यालय हुम्ला जिल्लाको सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयको दोस्रो तेस्रो स्थानमा पर्ने गर्दछ । विद्यालयमा झण्डै ६ सय बढी विद्यार्थीहरू रहेको शिक्षक महताराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण