शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डे ब्रुयनाको डेब्यू गोलसँगै नापोलीको विजयी सुरुवात

आइतबार, ०८ भदौ २०८२, ०७ : ३१
आइतबार, ०८ भदौ २०८२

सारांश

  • केभिन डे ब्रुइनले डेब्यू खेलमा गोल गर्दै नापोलीलाई जित दिलाए।
  • नापोलीले सासुओलोलाई २-० ले हराएर सिरी ए उपाधि रक्षा अभियान सुरु गर्यो।
  • स्कट म्याकटोमिनीले पनि गोल गरे, र उनी सिरी ए एमभीपी उपाधि विजेता हुन्।

नापोली । बेल्जियमका स्टार मिडफिल्डर केभिन डे ब्रुयनाले आफ्नो डेब्यूमा गोल गर्दै नापोलीलाई जित दिलाएका छन्। शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन नापोलीले सासुओलोमाथि २–० को सहज जित निकाल्दै सिरी ए उपाधि रक्षा अभियानको सफल सुरुवात गरेको हो।

३४ वर्षे डे ब्रुयनाले म्यानचेस्टर सिटीमा दशक लामो यात्रा समाप्त गर्दै यसै सिजन फ्रि ट्रान्सफरमार्फत नापोली प्रवेश गरेका हुन्। उनले खेलको ५८औँ मिनेटमा बायाँतर्फबाट फ्री-किक मार्फत उत्कृष्ट गोल गरे। यसअघि १७औं मिनेटमा स्कटल्याण्डका मिडफिल्डर स्कट म्याकटोमिनीले मातेओ पोलितानोको क्रसमा हेड गर्दै पहिलो गोल गरेका थिए।

२८ वर्षीय म्याकटोमिनीले गत सिजन म्यानचेस्टर युनाइटेडबाट नापोलीमा आएपछि ३४ खेलमा १२ गोल गर्दै सिरी ए एमभीपी उपाधि जितेका थिए। उनले सबै प्रतियोगितामा ३७ खेलमा १४ गोल गरिसकेका छन् र हालै २०२५ को बालोन डी’ओरका लागि मनोनयनमा परेका छन्।

यसैबिच, अन्य खेलमा जेनोआ र लिच्चेबिचको भिडन्त ०-० को बराबरीमा टुंगिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप